जनकपुर पब्लिक स्कुल जनकपुरधाममा छात्राहरुसंग अभद्र व्यवहार


Janakpur Post     २०८२ भाद्र १९, बिहीबार ११:३६ मा प्रकासित



भदौ १९ गते ।
जनकपुर । जनकपुरधाम उपहानगरपालिका ४ स्थित जनकपुर पब्लिक स्कुलका बालबालिकाहरुमाथि अमानवीय तरिकाले कुटपिट गरिएको आरोप लगाइएको छ ।

विद्यालयमा कार्यरत शिवाँस साह भन्ने शिक्षकले दिनहुँ स साना बालबालिकाहरुलाई अमानवीय तरिकाले शरीरमा ड्याम हुनेगरी कुटपिट गरेको आरोप अभिभावकहरुले लगाएका छन् । शिक्षक साहले होमवर्क नगरेको,फेयर कापि नल्याएको जस्तोे बहानामा साना साना बालिकाहरुलाई कुटपिट गर्ने गरेको भए पनि विद्यालय प्रशासनले उनलाई संरक्षण गर्दै आएको आरोप छ ।

अभिभावहरुले नाम नखुलाउने सर्तमा भने,‘दानवले जस्तो व्यवहार गरेको शिक्षकहरुले शिक्षक साहबारे पटक पटक विद्यालय प्रशासन समक्ष गुनासो गर्दा पनि कुनै सुनुवाई नहुँदा हामि पत्रकार समक्ष आईपुगेका छौं तर हाम्रो नाम नखोलिदिनु होला विद्यार्थीलाई उनीहरुले निकाल्न पनि सक्छन्’। ‘छात्राहरुलाई शिक्षकले कुट्दाखेरि कुनै अंगको ख्याल समेत नगरेको दुर्भाग्यपूर्ण अवस्था छ ’,एक जना पीडित अभिाभावले भने । उनका अनुसार यदि यसबारे पत्रकारले केहि लेख्यो भने तत्काल विद्यार्थीलाई निकाल्न सक्ने सम्भावना छ । त्यसैले हामि केहि पनि बोल्न नसक्ने दवावमा रहेको गुनासो समेत उनले पोखे ।

विद्यालयमा दिनहुँ जसो हुने गरेको कुटपिटको घटनालाई लुकाउँदै अमानवीय र अभद्र व्यवहार गर्ने शिक्षकहरुमाथि कुनै कारवाही नहुनु दुर्भाग्यपूर्ण रहेको अभिभावकहरुको ठहर छ ।
शिक्षकहरुले छात्राहरुसंग अभद्र व्यवहार गर्दा पनि विद्यालय प्रशासन मौन रहेको आरोप छ ।

यता यस सन्दर्भमा विद्यालयको आधिकारिक धारणा बुझ्न ९८१९८८८५०० नम्बरमा फोन गर्दा स्कुलमै आएपछि मात्रै भन्छु जस्तो जनकपुरपोष्ट सम्वाददातासंग बार्गेंनिग गर्ने प्रयास समेत विद्यालय प्रशासनबाट भएको प्रष्ट हुन्छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया




Top